जयस्थिति मल्लको भूमिसम्बन्धी धारणा

लागत खर्च दिएर उसले आफ्नो जमिन आफैं कमाउन पाउँछ ।

२४५. धर्म जान्ने व्यक्तिहरु पृथु राजाले भरणपोषण गरिएकी हुनाले भूमि पृथ्वी भनिएझै अरु राजा वा दुनियाँहरुले पनि भरणपोषण गर्नलायक भार्या हुन् भन्दछन् । त्यसै हुनाले जसले ठूटा उखेलेर खेत बिरायो उसैको हुन्छ, जसले बाण हानेर गिरायो शिकार उसैको हुन्छ । जमिनको मालिक काम गर्न नसक्ने भएमा वा मरेमा वा बेपत्ता भएमा रोकटोक गर्ने कुनै नहुँदा उसको जमिन कसैले कमाएमा त्यो कमाउने व्यक्तिले त्यस जमिनको उब्जनी भोग्न पाउँछ ।
२४६. यसरी जमिन जोत्न लाग्दा जमिनको हराएको मालिक टुप्लुक्क आइपुग्यो भने उसको लागत खर्च दिएर उसले आफ्नो जमिन आफैं कमाउन पाउँछ ।
२४७. जमिनको मालिक ७ वर्षसम्म बेपत्ता रहेर आठौं वर्षमा उपस्थित हुन आयो भने ८ भागको १ भाग जमिन कमाउनेलाई छोडी आफूले पहिले भोगेको जमिन प्राप्त गर्न सक्छ ।
२४८. जमिन १ वर्ष बाँझो रहेमा आधा पर्ती मानिन्छ । ३ वर्ष बाँझो रहेमा पूरा पर्ती मानिन्छ । ५ वर्षसम्म लगातार पर्ती रहेको जमिन जंगल बराबर मानिन्छ ।
२४९. खेतबारी वा घर कुनै व्यक्तिले तीन पुस्तासम्म क्रमशः लगातार भोगचलन गर्दै आएको छ भने राजाको आदेशबाहेक अरु कुनै उपायले कसैले त्यसबाट खोस्न सक्दैन ।

 

प्रतिक्रिया