धर्मको समयसापेक्षिकताबारे मार्क्सवादी धारणा

आर्थिक विकासकै प्रक्रियाको फलस्वरुप धर्म छिट्टै नै फोहोर राख्ने भाँडोमा परिणत हुनेछ भनी लेनिनले किटानसाथ भन्नुभयो । तर तीव्र आर्थिक तथा प्राविधिक विकासको वर्तमान समयमा पनि धर्म विल्कुलै निस्तेज भएको छैन । यसको कारण के हो भने विज्ञान र भौतिक सम्पतिले प्रतिस्थापन गर्न नसक्ने मानिसको सामाजिक जीवनसँग जोडिएका विशेष भूमिका धर्मले निर्वाह गर्दछ ।

संसारमा धर्मसँग अन्तरसम्बन्धित विषयहरु धेरै भएकाले राजनीतिक सत्ता सम्हाल्ने प्रत्येक व्यक्तिले यस विषयलाई सम्बोधन गर्नुपर्ने कुरा अनिवार्य छ । यदि हामीले हाम्रो पार्टीलाई क्रान्तिकारी पार्टीबाट सत्तासिन पार्टीका रुपमा साँच्चिकै पूर्णरुपमा रुपान्तरण गर्न चाहन्छौं भने हामीले धर्मको कार्यबारे पुनःपरीक्षण गर्नैपर्छ । यस्तो परीक्षण सत्तासिन भएको तथ्यको नयाँ प्रकाशको आधारमा हुनुपर्छ, उचित प्रशासनिक व्यवस्थामार्फत धर्म र सरकारको सम्बन्धका पेचिला समस्याहरु समाधान गर्ने हेतुले हुनुपर्छ र आधुनिक सोचको आलोकमा धर्म र सरकारको सम्बन्धहरुको तार्किक र वैज्ञानिक अध्ययन गरेर हुनुपर्छ । यसर्थ, दु्रत गतिमा भइरहेको विकासहरुको सामुन्ने पहिलो आवश्यकता के हो भने धर्मबारे माक्र्सवादी धारणा समयसँगै अधावधिक हुनुर्पछ ।

१.‘प्रतिबिम्बको सिद्धान्त र धर्म अफिम हो भन्ने सिद्धान्त ।’

आस्थाअन्तर्गत वर्गीकृत हुने धर्मले कार्य–कारणको आधारमा समाधान दिन नसकिने मानवजगतका आधारभूत प्रश्नहरुलाई सम्बोधन गर्दछ । तथ्यका आधारमा संसारको अन्वेषण गर्ने विज्ञानको ठीक विपरीत धर्मले रहस्यमय संसारको अन्वेषण गर्दछ । विज्ञानले तथ्यगत संसारबारे खोजबिन गर्छ भने त्यसको ठीक विपरीत धर्मले सांसारिक अर्थबारे अन्वेषण गर्दछ । धर्म विज्ञानभन्दा फरक छ किनकी विज्ञानले सांसारिक अर्थबारे व्याख्या गर्दछ, बौद्धिक र तर्कसंगत ढंगले जबकि धर्मले गर्ने सांसारिक अर्थको व्याख्या यस्तो विचारमा आधारित हुन्छ जुन कार्यकारण भन्दा माथि हुन्छ । असम्बन्धित हुन्छ । एउटै वाक्यमा भन्नुपर्दा मान्छेका विचारले प्रवेश गर्न नसक्ने र उसका क्रियाकलापले प्रभाव पार्न नसक्ने क्षेत्रमा धर्मले आफ्नो अस्तित्व कायम गर्दछ ।

“हेगेलको दर्शनशास्त्रउपर समालोचना” नामक निबन्धमा माक्र्सले तर्क गर्नुभयो, कि “धर्म उत्पीडित आत्मको सुस्केरा हो, यो आवेगविहीन संसारको आवेग हो, र यो जुन अवस्थामा पहिले थियो अहिले छ, त्यसरी नै धर्म निर्जिव व्यवस्थाको प्राण हो, र त्यसैले धर्म जनताको लागि अफिम हो ।” यहाँ माक्र्सले विम्वात्मक भाषाको प्रयोग गर्नु भएको छ । “जनतालाई उनीहरुको पीडामा आध्यात्मिक सान्त्वना प्रकट गर्ने” महत्वपूर्ण सामाजिक भूमिका धर्मले ओगटेको छ । माक्र्सले मौलिक अर्थमा धर्मको यस कार्यबारे मूल्याङ्कन प्रस्तुत गर्ने कुनै हालतमा चेष्टा गर्नुभएको थिएन न त त्यसलाई आलंकारिक रुपमा चित्रित गरेर उहाँले यसमा अन्तरनिहित चरित्रको विश्लेषण गर्न खोज्नु भएको थियो । यो वाक्यलाई व्याख्या गर्ने सन्दर्भमा लेनिनले सिर्जनशील ढंगले अनास्थेटाइजेज÷बेहोस पार्ने, लठ्ठयाउने औषधीको प्रयोग जनाउने शब्दलाई थप्नुभयो, जसले यस वाक्यलाई चिरपरिचित धर्म जनतालाई बेहोस पार्ने अफिम हो’ भन्ने वाक्यमा परिवर्तित गरिदियो । र यसले माक्र्सले प्रयोग गरेको मौलिक वाक्यांश “जनतालाई धर्मको आवश्यकता”लाई “शासकले जनतालाई बेहोस पार्न धर्मको प्रयोग गर्छन” भन्ने वाक्यांशमा परिवर्तित गरिदियो । वाक्यको कर्तालाई परिवर्तन गरेर लेनिनले अर्थ नै पूर्णरुपमा परिवर्तन गर्नुभयो । थप दुर्भाग्यपूर्ण यो छ कि, लेनिनले वाक्यलाई यसरी संश्लेषित गर्नुभयो “धर्म जनताका लागि अफिम हो र धर्मसम्बधी प्रश्नमा माक्र्सवादी विश्वदृष्टिकोणको सार नै यही हो । (हेर्नुहोस्, मजदुरको पार्टीहरुको धर्मप्रतिको दृष्टिकोण” शीर्षकको रचना)

(लेखक बेइजिङ्गस्थित ‘सेन्ट्रल एकेडेमि अफ सोसोलिज्म’का कार्यकारी उपाध्यक्ष तथा आर्थिक प्रणालीको सुधारका लागि राज्य परिषदको कार्यालयका उप–प्रमुख हुनुहुन्थ्यो । कष्यि।तष्उक को अंग्रेजी भाषाबाट पत्रकार नन्दलाल तिवारीले अनुवाद गर्नुभएको यो सामाग्री पठनीय ठानी यहाँ प्रकाशित गरिएको छ । सम्पादक )

यी शब्दहरुलाई दिइएको विस्तृत अर्थबाट निस्कने अर्को निस्कर्ष यस्तो हुन्छः “माक्र्सवादले सँधै यो ठान्दछ कि विद्यमान सबै धर्महरु, चर्चहरु र सबै प्रकारका धार्मिक संघसंस्थाहरु बुजु्रक प्रतिक्रियावादी समूहहरुले आप्mनो शोषणको व्यवस्थालाई भरथेग गर्न र श्रमजीवि वर्गलाई बहुलठ्ठी बनाउनका लागि प्रयोग गरिएका संगठनहरु हुन् । हामीले धर्मका विरुद्ध संघर्ष गर्नै पर्छ । यो त माक्र्सवादको प्रारम्भिक सिद्धान्त हो” (हेर्नुहोस, “लेनिनको सम्पूर्ण रचनाहरु” भाग १७) । यसको परिमाणस्वरुप “धर्म त्यस्तो अफिम हो जसद्वारा बुर्जुवा (सत्ताधारी वर्ग) ले जनतालाई बहुलठ्ठी बनाउछ” भन्ने कुरा धर्मबारे माक्र्सवादी विश्वदृष्टिकोण हो भन्ने हाम्रो स्वीकार्य बुझाई रहेको छ । यो हामीले प्रतिपादन गरेको धर्मसम्बन्धी नीतिको आधार पनि बनेको छ । धर्मलाई “विष’को रुपमा हेरिएको छ पुरानो समाजको भग्नावेशषको रुपमा र एउटा भूत जुन एउटा विकसित वर्गसँग विकसित राजनीतिक दल वा विकसित व्यवस्थासँग मिल्दो जुल्दो हुनै सक्तैन र एक विचार जुन माक्र्सवादको ठीक विपरीत छ ।

हामीले भाषाको सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिप्रति ध्यान दिनु पर्छ । युरोपमा, खासगरी माक्र्स जीवितै रहेको समयमा, “अफिम युद्ध” झेलेका चिनियाँ जनताको भन्दा भिन्न बुझाई थियो अफिमबारे । “छैठौ राइन प्रादेशिक सभाको बहस (पहिलो आलेख)” मा माक्र्सले उल्लेख गर्नुभयो कि “नदीको अर्को किनारमा रहेको संसारको सिद्धान्त धर्मको सिद्धान्त हो” । कोइनीश्चर जेइटुङ पत्रिकाको १७ औं अंकको सम्पादकीयमा माक्र्सले धर्मलाई आउनेवाला संसारको ज्ञान भनी सन्दर्भमा जोड्नु भयो ।

धर्मको प्रकृतिको सम्बन्धमा माक्र्सको सोचाई के थियो भने राज्य र समाजले धर्मको उदभव गरे भन्ने विचार उपरखुट्टी लाएको विश्वदृष्टिकोण हो किनकि तिनीहरु राज्य र समाज नै टाउकोले टेकेका हिस्सा थिए । उहाँले भन्नुभयो “धार्मिक कष्ट भोगाई वास्तविक जीवनका कष्ट भोगाईको प्रतिविम्व थियो र त्यो वास्तविक पीडा विरुद्ध विरोध थियो” । आप्mनो आलेख “डयुरिङको विरुद्ध”मा एङ्गेल्स अझै अगाडि बढी उल्लेख गर्नुभयो कि “समग्ररुपमा धर्म वाह्य शक्तिबारे मान्छेको दिमागभित्र सीमित स्वरैकाल्पनिक प्रतिविम्ब हो जसले यसको दैनिक जीवनलाई बशीभूत गर्दछ । यी प्रतिविम्वभित्र सांसारिक शक्तिहरुले अलौकिक मानवको रुप ग्रहण गर्दछन् ।” माक्र्सको नजरमा धर्म मानवजातिको अस्तित्व र विकासको उपज थियो, एक निश्चित तर्क–बुद्धिसहितको सामान्य, स्वतःस्फुर्त विश्वदृष्टिकोण । कुनै पनि दृष्टिले यो पूर्णरुपमा नकारात्मक थिएन न त यो वास्तवमै प्रतिक्रियावादी वा विवेकहीन थियो, अझ थप त के भने समाजवादी समाजका लागि यो परिणामस्वरुप अपरिहार्यरुपले असङ्गत थियो । माक्र्स र एङ्गेल्सले के ठम्याउनु भयो भने “प्रत्येक युगमा, सामाजिक र आर्थिक संरचनाले वास्तविक आधारको आधार संरचना निर्माण गर्छ र प्रत्येक ऐतिहासिक युगमा कानुनी र राजनीतिक संस्थाहरु एवं दार्शनिक र धार्मिक दृष्टिकोणहरुले उपरिसंरचनाको निर्माण गर्छन ।” भनाईको मतलव के हो भने धर्मले एक अंशको रुपमै उपरिसंरचनाको निर्माण गर्दछ । जरुरी के छ भने हामीले माक्र्सको भनाइको अर्थलाई पूर्ण रुपमा बुभ्mनु पर्दछ, त्यो भनेको किटानसाथ भन्नुपर्दा, सर्वहारावर्गले सत्ता कब्जा गरिसकेको अवस्थामा धर्मलाई शत्रुको रुपमा व्यवहार गर्नु हुँदैन । हामी आप्mनै सुधारका निम्ति लागिपर्दा यसलाई एउटा त्यस्तो ऐनाको रुपमा लिनुपर्दछ जसमा हामीले आप्mनै प्रतिविम्व पाउन सक्छौं । हामीले लेनिनले धर्मलाई हेर्ने धारणाका विभिन्न चरणहरुको विशेषतालाई पनि पूर्णरुपले बुभ्mनै पर्ने हुन्छ ।

अक्टोवर क्रान्तिको समयमा रसियाली अर्थोडक्स चर्चले प्रतिक्रियावादी शक्तिसँग गठजोड गरी क्रान्तिको विरुद्धमा भयानक प्रतिरोध गरेको थियो र यसैकारण धर्मबारे लेनिनको चित्रण त्यस समयको जर्बजस्त अनुभूतिबाट स्पष्ट रुपमा प्रभावित थियो । तर जब क्रान्ति सफल भएको स्पष्ट भयो लेनिनको दृष्टिकोणमा नयाँ विषयवस्तु थपिएको थियोः उहाँले प्रस्ताव गर्नुभयो कि “हामीले हाम्रो पार्टीको कार्यक्रममा हामी नास्तिक हौं भनेर घोषणा गर्नुहुँदैन” र यो पनि थप्नु भयो कि “क्रिश्चियन वा धर्ममा विश्वास गर्नेलाई हाम्रो पार्टीमा आवद्ध हुन निषेध गरिनेछैन । यसलाई स्पष्ट पार्दै उहाँले भन्नुभयो कि “यदि कोही पुजारी हाम्रो पार्टीमा आवद्ध भई राजनीतिक कार्य गर्न, पार्टीको कार्य पुरा गर्न चाहन्छ भने हामीले उसलाई हाम्रो सामाजिक लोकतान्त्रिक पार्टीमा स्वीकार गर्न सक्छौं ।

वर्तमान समयमा, सम्पत्तिको अनिश्चयको त्रास नै धर्मको स्रोत हो । आमजनतालाई धर्ममा विश्वास नगर्न सहमत गराउन सक्ने कुनै बच्चालाई कखरा सिकाउने जस्तो पाठ्यपुस्तक हामीसँग छैन ।” यसबाट के देखिन्छ भने धार्मिक सिद्धान्तबारे लेनिनको धारणा क्रान्तिकारी संघर्षको वास्तविक परिस्थितिको आलोकमा क्रमिकरुपमा सामन्जस्य भएको थियो । यो विल्कुल गलत हो कि लेनिनको बुझाईमा धर्म सँधै नकारात्मक विषय थियो । यसको ठीक विपरीत लेनिनको धर्मसम्बन्धी सोचाई विकसित परिस्थितिसँग अगाडि बढेको थियो ।

यो कल्पना गर्न सम्भव छ कि यदि लेनिन जीवित रहँदै उहाँको पार्टी क्रान्तिकारी पार्टीबाट सत्ताधारी पार्टीमा संक्रमण भएको देखेको भए, उहाँले धर्मलाई हेर्ने दृष्टिकोणको अझ विस्तृत एवं नवीनतम विकास पनि गर्न सक्नुहुन्थ्यो । पटक–पटक ऐतिहासिक चरणमा धर्मबारे लेनिनले विभिन्न भनाई प्रस्तुत गरेको कुरालाई महशुस गर्न नसकेर सत्ता कब्जा गरिसकेपछि पनि हामी धर्मबारे उही “अफिम सिद्धान्त” रटान गरी सोही मुताविक धर्मको मूल्याङ्कन ग¥यौँ, र परिणामस्वरुप धर्मसम्बन्धी हाम्रो राष्ट्रिय नीति सदैव टेढो रह्यो । अनि अहिले हामीले त्यसको मूल्य चुकाइरहेका छौं । धर्मसम्बन्धी माक्र्सवादी दृष्टिकोणलाई अब सही बाटोमा फर्काइनु पर्छ । हामीले लेनिनको ‘बहुलठ्ठी’ पार्ने अफिम सिद्धान्तको ठाउँमा माक्र्स र एङ्गेल्सको “प्रतिविम्वको सिद्धान्त”लाई पुनस्र्थापित गर्नुपर्छ । परावर्तक भएकोले यो प्राकृतिक र तर्कबुद्धिसंगत दुवै छ । परावर्तकको रुपअर्थमा धर्मले स्वरैकल्पनाको चरित्र बोकेको हुन्छ (यस सम्बन्धमा यसमा देववाद वा आदर्शवाद समाविष्ट हुन्छ) जवकि परावर्तकको अन्र्तवस्तुमा यो यथार्थवादी र आदर्शवादी दुवै हुन्छ (यसको सामाजिक अन्तरवस्तु र साँस्कृतिक आदर्शवादमा) ।

दुःखको भोगाईको वास्तविकता विरुद्ध खडा हुने मानिस एवं साँचो अर्थको परोपकारिता र सौन्दर्यको खोजी गरिरहेका दुवै प्रकारका मानिसलाई पनि धर्मले समावेश गर्ने हुँदा, यसले मानिसको हृदयलाई आराम दिलाउँछ, जीवनलाई अगाडि बढाउन प्रोत्साहन दिन्छ, र वास्तविक जीवनभोगाइको वास्तविकताका भयंकर अभावको आध्यात्मिकरुपमा क्षतिपूर्ति गर्छ । जनताको जीवनको वास्तविकताका यी भयंकर अभावहरुको जहाँसम्म सवाल छ, यी कुनै पनि समाजबाट पूर्णरुपमा अलग राख्न सकिँदैन । र, अहिलेसम्म आध्यामिक क्षतिपूर्ति प्रदान गर्ने धर्मको कार्यलाई प्रतिस्थापन गर्ने अरु केही भेटाउन पनि सकिएको छैन । वर्ग युद्धको उपज होइन धर्म न त यो समाजलाई नियन्त्रण गर्नेहरुको एकाधिकार नै हो । यो सबै प्रकारका समाजहरु वा राजनीतिक प्रणालीका सन्दर्भमा लागू हुन्छ, धर्म सामन्तवाद वा पूँजीवादको नामसँग जोडिएर आएको पनि होइन र समाजवादसँग जोडिएको कुरा त अझै होइन । अर्कोतर्फ यो सामन्तवादी वा पुँवीवादी हुन सक्छ । यो समाजवादी पनि हुनसक्छ । न यो निश्चित प्रकारको सामाजिक व्यवस्थाको उदय या पतनसँगै स्वतः उदय वा पतन हुने गर्दछ । त्यसर्थ यो प्राचीनकालदेखि विद्यमान समयसम्म अस्तित्वमा रहन सकेको छ । लामो समयसम्म धर्म टिक्नुको सुष्पष्ट विशिष्ठता नै यही हो जुन यसको स्वअस्तित्व र अनुकूलनियतासँग पनि अन्तरघुलित छ जसले गर्दा यसलाई समाजवादी समाज वा व्यबस्थासंग अनुकूल हुने क्षमता प्रदान गर्दछ ।

२. आधुनिक समाजको जीवनपद्दतिमा धर्मको विशेष कार्य सन् १९९३ मा सम्पन्न राष्ट्रिय एकीकृत अग्रमोर्चा विभागका प्रमुखहरुको कार्य बैठकमा महासचिव चियाङले “समाजवाद र धर्मको आपसी अनुकूलनियतालाई सकारात्मक नेतृत्व दिनेबारे सम्बोधन गर्नुभयो, जुन चाहिँ क्रान्तिकारी पार्टीबाट सत्तासीन पार्टीमा संक्रमण गरिरहेको चिनियाँ कम्युनिष्ट पार्टीको आवश्यकतालाई ठ्याक्कै सुहाउँदो थियो । हाम्रो समाजको व्यवस्थापकको हैसियतमा धर्म र समाजवादबीच हुने आपसी सम्बन्ध (जुन चाहिँ हुनपर्छ) लाई उहाँले पुनः मूल्याङ्कन गर्नुभयो । समाजवादी व्यवस्था र धर्मको आपसी अनुकूलनियताको साझा आधारलाई दृढताका साथ स्वीकार गर्नुभयो र समयसँगै माक्र्सवाद अघि बढ्ने प्रक्रियाको सैद्धान्तिक चरित्रबारे प्रकाश पार्नुभयो । धर्मको सवालमा हाम्रो पार्टीले गर्ने खोज अनुसनधानका लागि यी मार्गदर्शक विचारहरु थिए । धर्म र समाजवादी व्यवस्थाले एक आपसमा अनुकूल बनाउन नसकेको धेरै पक्षहरु छन भन्ने कुरा हामीले स्वभाविकरुपले पहिचान गछौं । त्यसैले यस विषयमा नेतृत्व दिनुपर्ने आवश्यकता छ यो विषय विपरीतहरुलाई नेतृत्व दिने खालको भए पनि यदि यिनीहरु विपरीत केही हदसम्म सहकार्य गर्ने भए भने कम्तिमा यिनीहरु आपसमा झगडामा अल्झिएको अवस्था रहन्न । परिणामस्वरुप चिनिया कम्युनिष्ट पार्टीलाई धर्मसम्बन्धी समस्याको समाधानमा अल्झिनुको सट्टा आप्mना नकारात्मक तत्वहरु सकारात्मक तत्वहरुसँग साट्न सक्दछ । “विचेतनक अफिम सिद्धान्त” बाट अघि बढेर महासचिव चियाङको मन्तव्यले नयाँ युगमा धर्मसम्बन्धी माक्र्सवादी दृष्टिकोणको व्यवहारिक विकासमा एउटा नयाँ फड्को हुनेछ ।

कम्युनिष्ट क्रान्तिको शुरुवाती समयमा विचारधाराको शुद्धतामा जोड दिइएको थियो, ईश्वरवादको विरोध गर्नुलाई श्रमजिवी वर्गको आत्मबललाई शक्ति दिने महत्वपूर्ण तत्वको रुपमा हेरिन्थ्यो । जमिनदार वर्ग र बुर्जुवाले जनतालाई अचेत बनाउन धर्मको प्रयोग गरेको कुरालाई भण्डाफोर गर्न कम्युनिष्टहरुले प्रशस्तै उर्जा खर्च गरे, जुन चाहिँ त्यो समयमा वर्ग युद्धका लागि आवश्यक थियो । अहिले चिनियाँ कम्युनिष्ट पार्टी क्रान्तिकारी पार्टीबाट समाजलाई शासन गर्ने पार्टीमा परिवर्तित भइसकेको छ, क्रान्तिलाई उठाउने मुख्य जिम्मेवारीबाट आप्mनो सामाजिक आधारलाई मजबुत तुल्याउने मुख्य उद्देश्यमा आइपुगेको छ । यही कारणले, धर्मसम्बन्धी माक्र्सवादी दृष्टिकोणले पनि आप्mनो परावर्तय आधारलाई फराकिलो पार्नुपर्ने आवश्यकता छ, सामाजिक धार्मिक एवं सांस्कृतिक अध्ययनका सकारात्मक परिणामलाई समावेश गर्दै हामीले यो पत्ता लगाउने छौं कि धर्म सामाजिक सांस्कृतिक व्यवस्था हो, अन्तरवस्नुमा आध्यात्मिक विश्वास भए पनि यसले आम साँस्कृतिक अर्थ समावेश गरेको छ र साथसाथै यसको राजनीतिक एवं अन्य कार्य पनि छ । समाज विकासमा यसको नकारात्मक भूमिका रहेको पत्ता लगाउनुका साथसाथै हामीले यो पनि उत्खनन गर्छौं कि समाज विकासमा यसको सकारात्मक भूमिका पनि छ ।

आर्थिक विकासकै प्रक्रियाको फलस्वरुप धर्म छिट्टै नै फोहोर राख्ने भाँडोमा परिणत हुनेछ भनी लेनिनले किटानसाथ भन्नुभयो । तर तीव्र आर्थिक तथा प्राविधिक विकासको वर्तमान समयमा पनि धर्म विल्कुलै निस्तेज भएको छैन । यसको कारण के हो भने विज्ञान र भौतिक सम्पतिले प्रतिस्थापन गर्न नसक्ने मानिसको सामाजिक जीवनसँग जोडिएका विशेष भूमिका धर्मले निर्वाह गर्दछ ।

विगतमा विधिगत दृष्टिकोणबाट भन्दा “संरचनावाद”को माध्यमबाट विश्लेषण गरेर माक्र्सवादलगायत अन्यप्रकारका भौतिकवादले धर्मबारे धारणा बनाएका थिए । भनाईको तात्पर्य धर्मले के उत्पादन ग¥यो भन्ने ज्ञानशास्त्रीय दृष्टिकोणबाट यसका विशेषताहरु परिभाषित गरिए । यही आधारमा धर्मलाई यसरी व्याख्या गरियो कि यसले मान्छेलाई स्वयं आप्mनै एवं संसारको ज्ञानबाट अलग गरिदिन्छ । तर अब हामीले एउटा नयाँ ‘कार्यवादी’ दृष्टिकोणको उजागर गर्न आवश्यक छ र तथ्यबाट सत्य खोज्दै, धर्मका सामाजिक अभ्यास एवं कार्यको दृष्टिकोणबाट धार्मिक परिघटनाबारे व्याख्या प्रस्तुत गर्नुपर्छ ।
त्यसो भए, मानिसको सामाजिक जीवनमा धर्मका कुन–कुन विशेष कार्यहरु हुन् जुन प्रतिस्थापन हुन सक्दैनन् ?

प्रथमतः यसको मनोवैज्ञानिक कार्य हो । समयको छालसँगै अगाडि बढ्दै गर्दा धर्महरुले भक्तजनहरु पाइरहनुको ठोस कारण के हो भने माक्र्सले भने झैं यो उत्पीडित आत्माको सुस्केरा निर्दयी संसारको भावना भएर हो । मानिस भौतिक प्राणी मात्र होइन, आध्यात्मिक प्राणी पनि हो, बुद्धिमान एवं संवेगात्मक दुवै हो । तनाव र थकानको अनुभूति, सौभाग्य र खुशी यी सबै वास्तविकतासँग साक्षात्कार हुँदा मनको वैयक्तिक परावर्तन अनुभूतिहरु हुन । जीवनमा विभिन्न प्रकारका दुर्भाग्य र पीडा झेल्दै गर्दा अधिकांश मानिसलाई धर्ममार्फत सान्त्वना लिनुपर्ने आवश्यकता रहन्छ । माक्र्सले भन्नुभयो, धार्मिक दुःख भोगाई वास्तविक दुःख भोगाईको अभिव्यक्ति भएकोले यो यसप्रकारको अर्थात् वास्तविक दुःख भोगाईको विरुद्ध विरोध पनि हो ।

निरश्वरवाद र विज्ञानसँग यदाकदा आम जनसमुदायको मृत्युसम्बन्धी डरलाई पराजित गर्ने तरिका हुँदैन । तर, धर्मले यस्तो गर्न सक्छ । कम्युनिष्ट ध्येयका लागि क्रान्तिकारीहरुले मृत्युलाई शान्तसँग अङ्गिकार गर्न सक्छन् तर सर्वसाधारणले पुनर्जन्म र न्याय हुन्छ भन्ने विश्वास राख्नुपर्ने हुन्छ, र हामीले यससम्बन्धी आप्mनो समझ बनाइराख्नु पर्ने हुन्छ । यस्तो किन हुनुपर्छ भने, सत्ताधारी पार्टीको व्यवस्थापकीय सोचाईले विभिन्न स्वार्थहरु समूहकृत हुन र फरक–फरक आस्थाहरु सह–अस्तित्वमा रहन अनुमति प्रदान गरेको हुनुपर्छ । अहिलेको समयमा, उपरखुट्टी लाएका धर्मका स्वरैकाल्पनिक स्वरुपहरुमा सुन्दर अन्तरवस्तुहरु पनि छन् अझ महत्वपूर्ण के छ भने आत्म–संयम र व्यक्तिगत इमान्दारीजस्ता बुँदाहरु नै त्यस्तो विशेषता हुन जसको माध्यमबाट धर्मले समाजवादको सेवा गर्न सक्छ ।

धर्मको अर्को कार्य भनेको नैतिकता हो । आदर्शवाद आमरुपमा हराएको र उपयोगितावादको सर्वत्र राज भएको समयमा, धर्म त्यस्तो जीवनपद्दति हो जसले नैतिकतामाथिको विश्वास कायम गराउँछ–जस्तो कि सोहौं शताब्दीमा औद्योगिक सभ्यताको तीब्र वृद्धिको कारण भौतिक वस्तुको लालस व्यापक भएपछि प्रोटेस्टेन्ट नैतिकता जुर्मुरायो र पश्चिमी नैतिक चरित्रलाई पुनस्र्थापित ग¥यो । कानूनबिना समाज हुनै सक्तैन, नैतिकताविना त यो झनै हुँदैन । कानुन र नैतिकता एउटा चराको दुई पखेटा जस्तै हुन, एउटा नभएपछि अर्को वेकम्मा हुन्छ । नैतिकता कानूनको आधार होः आपराधिक कर्मलाई यसले अग्रिमरुपमा रोकथाम गर्छ । जबकी कानुन, जसले नैतिकताको ग्यारेन्टी गर्छ, घटना भइसकेपछि आपराधिक व्यवहारलाई दण्डित गर्छ । जनावरबाट उद्विकसित मानिसमा जंगली एवं स्वार्थी सहज प्रवृत्ति अन्तरनिहित छ । र मानिसले आप्mना व्यवहारहरु सीमाभित्र कायम राख्न उसको स्व–सचेतनामा मात्र भर पर्नु पर्याप्त हुँदैन । डर हटाइदिने हो भने, मानिसलाई आप्mनो स्तरमा राख्न दैविक शक्तिको सहयोग चाहिन्छ, जनु चाहिँ धर्मको नैतिक कार्यको अस्तित्वको आधार हो । धर्मले मानिसको सामाजिक जीवनमा पार्ने प्रभावमध्ये सबैभन्दा महत्वपूर्ण तथ्य के हो भने असल कार्य गर्न यसले मानिसको मनोभावलाई प्रोत्साहित गर्दछ । धर्मसम्बन्धी बहसबाट नैतिकता निकालिदिने हो भने यो खोक्रो आडम्बरबाहेक केही हुँदैन ।

मानिसहरुको मनोभाव सभ्यतामा मुखरित हुन्छ, सभ्यताको आत्मा यसको नैतिकतामा प्रकट देखिन्छ, आस्थाद्वारा नैतिकतालाई स्थायित्व दिइन्छ, र, चीन यसको अपवाद हुन सक्दैन । यदि हामीले समाजवाद र धर्मलाई आपसी अनुकुलन हुनका लागि नेतृत्व दिन चाहन्छौं भने, हामीले धार्मिक नैतिकताका तर्कसंगत तत्वलाई केवल इन्कार गर्नु हुँदैन । खासगरी यस्ता अवयव जस्तै शान्तिपूर्ण समानता वा खराबको तिरस्कार र असलको खोजी, जुन चाहिँ धार्मिक मान्यताको नैतिक दृष्टिकोणमा समावेश गरिएका हुन्छन्, हामीले यी सबैको सम्मान गर्नुपर्छ । समाजवादको शुरुवाती चरणमा अन्य विचारधारा र संस्कृतिहरुका तर्कपूर्ण प्रतिनिधिमूलक तत्वहरुलाई समाहित गर्ने हेतुसहित विकसित समाजवादको सम्भव्यताको परिकल्पना गरिएको थियो । सबै एउटै रङको बनाइनु विचारधारात्मक निरंकुशता हो, समाजवाद होइन् ।

धर्मको तेस्रो कार्य सांस्कृतिक हो । धर्म परम्परागत संस्कृति भएका धेरै देशहरुमा, धर्म हटाइनु संस्कृतिबिहीन हुनु बराबर हो । इसाई धर्मले युरोप र अमेरिकाको संस्कृतिलाई आकार दियो । त्यहाँ, साहित्य र कला, चित्रकला र वास्तुकला, संगीत र नाटक अनि नैतिक दर्शनशास्त्र यी सबै अधिक मात्रामा इशाई धर्मको प्रटक रुप थिए । चिनियाँ संस्कृति पनि ठ्याक्कै त्यस्तै हो । उदाहरणका लागि बौद्ध धर्मका तीन महान् चट्टानी गुफाहरु र ताओ धर्मसम्बन्धी अनन्त खुशीको महलमा रहेको भित्ते चित्रहरु र चिनियाँ भाषामा आउने यी शब्द र भनाइहरु संसार, अनुभवबाट वास्तविताको सिकाई, सचेतना, आपैmलाई मुक्त गर्नु, स्वरैकल्पनामा लिप्त हुनु, कल्पना बाहिरको, विस्तारै आँखीभौं जलाउँदै गरेको आगो” जस्तो अवस्था (अत्याधिक अपर्झटको अवस्था) र प्रायश्चित गर्नु । हो, धार्मिक संस्कृति चिनियाँ परम्परागत संस्कृति विकसित चिनियाँ समाजवादी संस्कृतिका एकैं भाग पनि होइन, विकसित संस्कृति जसले हामीलाई हाम्रो देशमाथि असल गुणमार्फत शासन गर्न सिकाउँछ । असल गुणमार्फत देशमा शासन चलाउनुपर्छ भन्नुको कारण भनेको हाम्रो विश्वास–प्रणालीको पुननिर्माण नैतिकताको आधारमा गर्ने हो, नैतिकतालाई केन्द्रमा राख्ने, “धर्म संस्कृति हो” भन्ने अवधारणाले अर्थहीन विचारधारात्मक द्वन्द्वलाई कमजोर तुल्याउनेछ, धर्मको समृद्ध अन्तरबस्तुबारे अझ राम्रोसँग बुभ्mनका लागि सवल तुल्याउँदै र आस्तिक, विद्वान र शासकका लागि एक आपसमा सहयोग आदानप्रदान गर्नका लागि मञ्च उपलब्ध गराएर । यसको कारण के हो भने धर्मले कुनै पनि हालतमा ईश्वरका शिक्षाबारे व्याख्या गर्नमा मात्र सीमित गर्दैन ।

विभिन्न प्रकारका दर्शनहरु, असल गुणहरु कला र परम्परामार्फत धर्मले समाजमा प्रभाव पार्दछ । माथि बयान गरिएका कार्यहरु बाहेक धर्मको अरु धेरै कार्यहरु पनि समाविष्ट छन्, जस्तै सेवा प्रदान गर्नु र सार्वजनिक कल्याणको कार्यमा संलग्न हुनु । सुधार र विकासको यस समयमा, सत्तासीन पार्टीले धर्मलाई सामाजवादी व्यवस्थाको सेवा गर्ने बनाउन सक्नु पर्छ र समाजवादी व्यवस्थासँग आफैलाई अनुकूल बनाउनु पर्छ । र यो सब एकातर्फ धर्र्म र अर्को तर्फ निरश्वरवाद, वर्गसंघर्ष र प्रविधिबीच सम्बन्ध स्थापित गरेर हामी नयाँ ढँगले सोच्न सक्षम हुन्छौं ।

३.हामीले केवल एक निरश्वरवादी दृष्टिकोणको आधारमा मात्रै धर्मका कार्यहरुलाई लिएर बदलिँदो समयमुताविक धर्मबारे माक्र्सवादी धारणाको विकास हुँदैन् । यदि यसो गर्‍याैं भने यसले हामीलाई एक नकारात्मक भूमिका प्रदान गर्छ । धर्म एकप्रकारको साँस्कृतिक परिघटना हो, मूल्यहरुको एक संकेत र संसार एवं मानव जीवनलाई बुझाउने एक तरिका हो । हजारौं वर्षदेखि मानव चिन्तनको सार रहेको यस्तो विशाल व्यवस्थालाई सामान्य शब्दहरुमा सङ्क्षेपीकरण गर्न संकिँदैन । समाजमा धर्मको कार्यबारे हामी एक विस्तृत गतिशील र वास्तविक बुझाईमा तब पुग्न सक्छौं जब ज्ञानमीमांसामा भर पर्नुको साथसाथै हामीले समाजशास्त्र, मनोविज्ञान र राजनीतिक शास्त्रको विधिहरु पनि अवलम्वन गर्छौं ।

कम्युनिष्ट पार्टी सदस्यहरुको सैद्धान्तिक शुद्धताका लागि निरश्वरवाद एक शर्त हो तर आम जनसमुदायको सम्बन्धमा यो शर्त लागू हुँदैन । आम मानिसका लागि भौतिकवाद र आदर्शवादबीचको संघर्ष जहाँसम्म सवाल छ, यो एउटा दार्शनिक विषय हो न कि राजनीतिक । हामीले धर्मलाई वर्ग युद्धको साधनको रुपमा लिइरहनु पर्दैन् । न त धर्म एउटै वर्गसँग सम्बन्धित छ । यद्यपि यसको उत्पत्ति सँगसँगै धर्म वर्ग युद्धसँग घनिष्ठ ढंगले जोडिएको छ । शासकवर्गले विचारलाई नियन्त्रण गर्ने साधनका रुपमा धर्मको प्रयोग गरेका छन् साथै उत्पीडित वर्गले पनि यसलाई आम प्रतिरोधको तुल अथवा झण्डाको रुपमा प्रयोग गरिरहेका छन् । धर्म एक अद्भूत घटना भएको छ जसको उत्पत्तिस्थल एकलवद्धता र आकर्षणमा भयो, जुन यसका अनुपम विशेषताहरु हुन । धर्मको राजनीतिक सम्बन्धनहरु खासगरी शासकहरुबाट प्रदान गरिएका हुन ।

हामीले धर्म र विज्ञान एक आपसमा केवल कट्टर विरोधी हुन भनी सोहीअनुसारको व्यवहार गरेर हुँदैन । मान्यता र विश्वासको वर्गसँग सम्बन्धित छ धर्म जबकि विज्ञान कारण र साधन वर्गअन्तर्गत पर्दछ । यी दुईको सम्बन्धका बीचमा द्वन्द्व हुन सक्ने भए पनि यी दुईले एक–अर्कालाई सहयोग गरी अगाडि बढ्न पनि सक्छन् । हामीले दृढरुपमा विश्वास गर्छौं कि विज्ञानले प्रकृति, समाज र मानव चिन्तन–प्रक्रियाको सही व्याख्या प्रस्तुत गर्दछ । सदैव भविष्योन्मुखी रहने मानिस स्वायत्त प्राणी हो भन्ने पनि हामी मान्छौं । अझैं पनि यस्ता थुप्रै प्रश्नहरु छन् जुन अहिलेसम्म विज्ञानले व्याख्या गर्न सकेको छैन् र त्यस्ता भौतिक आवश्यकताहरु जुन पुर्णरुपमा पुरा हुन सकेका छैनन । हो, यही तथ्यबाट धर्मको भ्रामक स्वभाव बनेको छ । यस विषयलाई यो कोणबाट हेर्दा, वैज्ञानिक सत्य र धार्मिक आस्था दुबै मानिसका व्यवहारिक क्रियाकलापका उपज हुन् र यो दुबै मानिसको सामाजिक जीवनका लागि आवश्यक छन् ।

धर्म र विज्ञानबीचको बैमन्सयता वा विरोधाभाषको विषयमा प्रत्येकले सम्भवतः सम्झने भनेको मध्ययुगमा क्याथोलिक चर्चले कोपरनिकस र ग्यालिलियोलाई दिएको सजायँको तरिका नै हो । यसका बावजुद, वास्तवमा धर्मले विज्ञान र प्रविधिकोे प्रवद्र्धनमा एक महत्वपूर्ण भूमिका खेल्यो । मध्ययुगमा युरोपमा, प्रायजसो सबै वैज्ञानिक अभिलेखहरु इशाई चर्चमा राखिएका थिए र विज्ञानका पहिलो मुनाहरु अधिकांशत चर्चभित्रै देखापरे । भूमण्डलीय सिद्धान्तमा युगीन क्रान्ति ल्याएको कोपरनिकसकृत ‘खगोलिय वृत्तहरुको परिक्रममाबारे– इल तजभ च्भखयबितष्यल या तजभ अभभिकतष्ब ियचदकू पुस्तक इसाई चर्चहरुमा प्राप्त तथ्याङ्कको आधारमा लेखिएको थियो । केपलरकृत खगोलशास्त्रको निर्माण एवं सञ्चालन प्रक्रिया र भेसालिअसको मानिसको चिरफारको पनि धार्मिक विश्वाससँग घनिष्ठ सम्बन्ध थियो । आइन्सटाइन र न्यूटन दुबैले धर्ममा विश्वास गर्थे । दुवैजना निश्चित थिए कि चन्द्रमामा भगवान छैनन् । उनीहरुले धर्ममा विश्वास राख्नुको कारण यो थियो कि उनीहरुले धर्मको नैतिक सिद्धान्तलाई आप्mनो व्यक्तिगत व्यवहारको मापदण्ड र अनुसन्धानका लागि उर्जादिने शक्तिका रुपमा ग्रहण गरे । विज्ञान र धर्म दुबैलाई हामीले सम्मान गरे पनि हामी कुनै पनि हालतमा यी दुबैको अतितर्फ लैजाने दिशामा जान निश्चय पनि सक्दैनौं “हेर्दा साँचो देखिने वाहियात विज्ञान” प्रति अनुरागपूर्ण भक्त भएर वा “आलोचनाविहिन ढंगले मन्त्रमुग्ध बनाउने वाहियात धर्ममा” अति लिप्त भएर । सामाजिक सम्बन्धहरु निरन्तर परिवर्तन र सामन्जस्यको चरणमा रही असामान्य सामाजिक परिवर्तनको विद्यमान यस विशिष्ठ अवधिमा हामी वाहियात धर्मको प्रकटीकरण र फैलावटको विरुद्धमा अझ बढी सचेत हुन जरुरी छ । सनातन (इचतजबमयह) धर्महरुका शिक्षाहरुसँग मेल नखाने र विज्ञानसँग असहिष्णु देखिने विकृत र असनातनी विचारहरुको विज्ञान र धर्म दुवैले संयुक्त रुपमा विरोध गर्नुपर्दछ ।

धर्मबारे ठीक माक्र्सवादी धारणाको मार्गदर्शनमा रही हाम्रो पार्टीले धर्मसँग वैज्ञानिक र तर्कबुद्धिपूर्ण सम्बन्ध स्थापित गर्नै पर्छ । मानवतावाद वर्चस्वशाली रहेको वसन्त र शरद ९क्उचष्लन ७ ब्गतगmल० अवधि (इसापूर्व ७७० देखि ४७६ सम्म) देखि यता हाम्रो देशमा लामो समयसम्म निरंकुश राजतन्त्र चल्यो, जसले धर्म र राजनीतिको सम्बन्ध अन्य देशमा भन्दा चीनमा फरक बनाई दिएको छ ।

राजतन्त्रकालिन चीनमा यस्ता प्रश्नहरु गरिन्थे, “स्वर्गदेखि मुनी के त्यस्तो चिज छ जुन राजाको नहोस ? राजाको मन्त्रीबाहेक कोही त्यस्तो मान्छे छ जसको परमादेश उसको आप्mनो भू–भागको सीमासम्म फैलिन्छ ?” र यस्तै प्रकारको राजनीतिक र सांस्कृतिक परम्पराले सबै धर्मलाई साम्राज्यवादी शक्तिमा समर्पित हुन अनिवार्य बनायो । चिनियाँ इतिहासको अवधिभर, बौद्धधर्म र ताओ धर्म दुबै सरकारको नियन्त्रणमा रहेका छन् । यो जुन ढंगले मध्ययुगमा पोपले हजारौं राजामाथि शक्ति र प्रभाव जमाए त्यो भन्दा विल्कुलै फरक छ ।

चिनियाँ इतिहासमा त्यस्तो परिस्थिति पनि कहिल्यै बनेन, जहिले एउटै मात्र धर्मले एकाधिकारको मोज गरोस वा यस्तो अवस्था जहाँ धर्म र राजनीतिको गठजोड होस् इसाई र इस्लाम धर्मको सन्दर्भमा जस्तै । यस्तो हुनुको पछाडिको कारण सांस्कृतिक र नैतिक प्रणाली हो जुन हान वंशदेखि नै चीनमा शुरु भयो, त्यतिखेर नै हाडनाता सम्बन्ध र पितृसत्तात्मक व्यवस्थामा आधारित कन्फुसियन राजनीतिक नैतिक आचरण मार्गदर्शक विचारधारा बनिसकेको थियो र यसैद्वारा त्यसपछिका साम्रज्यका अदालतहरुले समाजमाथि हैकम चलाए । धर्ममाथिको नियन्त्रण कायम गर्न एवं सीमित तुल्याउन सरकारले सबै प्रकारका कानूनहरु लागू ग¥यो, जस्तैः (बौद्धधर्मालम्वी पुजारीका लागि) स्नातक तह जारी गर्नु, विहारहरुको स्थापना, भिक्षुहरुको संख्या सिमित राख्नु आदि । चीनमा कहिल्यै पनि धार्मिक युद्ध नहुनुको पछाडि सरकार र धर्मकाबीच भएको यिनै सम्बन्धका कारणले हो ।
चीनमा धर्मको अस्तित्व मुख्यतः राजनीतिको स्वरुप नभएर समाजको सांस्कृतिक स्वरुप हो ।

बौद्ध धर्म र ताओ धर्म शाही वंशहरुको क्रमिक आगमनको अवधिभर नै सामाजिक स्थायित्वको कारक तत्व र शक्ति रहे । चिनियाँ धार्मिक विकासको इतिहासमा ताओ धर्म घरेलु जमिनमा जन्मेको र हुर्केको चिज हो भने बौद्ध धर्म निमन्त्रणा गरी चीनमा भित्रिएको हो, इस्लामलाई धर्मप्रचारकले लिएर आएका हुन भने इसाई धर्म जवर्जस्ती घुसेको हो । विदेशबाट आएका धर्महरु कति मात्रामा चिनियाँ संस्कृतिसँग विलय भए भन्ने सन्दर्भमा कुरा गर्नुपर्दा, बौद्धधर्म सबैभन्दा सफल भएको छ । तर, जतिसुकै शक्तिशाली भएपनि चीनमा प्रवेश गरेका विदेशी धर्महरु कुनै अपवादबिना चीनको महान संस्कृतिसँग मिल्छन् ।
धर्म एकप्रकारको आस्था हो, एक प्रकारको विचारधारा एक किसिमको संस्कृति हो । राजनीतिको समानान्तर नभए पनि धर्मलाई राजनीतिबाट अलग्याउन सकिँदैन ।

महासचिव चियाङको “तीन प्रतिनिधिमुलक” सिद्धान्त र उहाँको “धर्म र समाजवादलाई एक आपसमा अनुकूलनीय बनाउन नेतृत्व दिनुपर्ने” सोचले निश्चितरुपमा माक्र्सवादको आध्यात्मिक विचारलाई सशक्त रुपमा सम्वद्र्धन गर्नेछ । र, यो बुझाई हाम्रा भविष्यका धर्मसम्बन्धी तथा अल्पसंख्यक राष्ट्रिय जनजातिसम्बन्धी कार्यका लागि मार्गदर्शन हो । निश्चित छ कि यी बुझाईहरुले धर्मलाई नियन्त्रण गर्नुपर्छ भन्ने हाम्रा परम्परागत सोँचहरुमा क्रान्ति ल्याइदिनेछन् । र, यसरी वैज्ञानिक ढंगले तर्क बुद्धिसंगत आधारमा धर्म र राजनीतिको सम्बन्धको जग खडा गर्ने छन् । जब राजनीति र धर्मको समबन्धको नयाँ रुप देखापर्छ, तब लोकप्रिय विश्वासहरु र असनातनी धर्महरुसम्बन्धी पेचिला प्रश्नहरु क्रमिक ढंगले समाधान हुनेछन्, र जातीय सहिष्णुता र सच्चा धर्महरु फुल्ने–फक्रने क्रम असानतन धर्महरु र विखण्डनवादका लागि सदैव प्राकृतिक दुश्मनहरु हुनेछ । जव राजनीति र धर्मको सम्बन्धको नयाँ रुप देखापर्छ, हाम्रो पार्टीलाई एक क्रान्तिकारी पार्टीबाट सत्तासीन पार्टीमा रुपान्तरण गर्न एकदमै सहयोग पुग्छ । यसरी रुपान्तरित पार्टी धर्म, समाज र राज्य सञ्चालनका लागि नयाँ किसिमका प्रशासनिक विचार र नयाँ स्वरुपको नेतृत्व लागू गर्न सक्षम हुन्छ । के यो सबै सफलता प्राप्त हुनेछ भन्ने कुरा धर्मसम्बन्धी माक्र्सवादी दृष्टिकोण समयसँगै गतिशील छ भन्ने कुरामा भर पर्दछ ?

प्रतिक्रिया